दफा ३७
उद्योगको अनुगमन तथा निरीक्षण
(१) विभागले तोकिदिएको अधिकृतले विदेशी लगानी भएको उद्योगको समेत आवश्यकता अनुसार अनुगमन तथा निरीक्षण गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम अनुगमन तथा निरीक्षणमा जाने अधिकृतले विदेशी लगानीकर्ता वा उद्योगद्वारा दफा ३६ विपरीतको काम गरे नगरेको समेतको विवरण खुलाई अनुगमन तथा निरीक्षण सम्पन्न भएको मितिले तीन दिनभित्र विभागमा प्रतिवेदन दिनुपर्नेछ।
(३) उद्योगको अनुगमन तथा निरीक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।